जनता टाइम्स

४ चैत्र २०७७, बुधबार १९:५६

इसान बाल अस्पतालकाे सफलता : आधुनिक मेसिनद्धारा बालकको पेटमा रहेको अन्डकोषको सफल शल्यक्रिया


काठमाडौं, चैत ४

ईशान बाल अस्पतालले ४ वर्षीया बालकको अन्डकोषको सफल शल्यक्रिया गरेको छ। दाहिने अण्डकोष पेटमा रहेकोमा अस्पतालले ल्याप्रोस्कोपिक सर्जरीको माध्यमबाट अप्रेशन गरेको अस्पतालले जनाएको छ । चार वर्षीय एक बालकको पेटमा रहेको दाहिने अण्ठकोषलाई अत्याधुनिक मेसिनमार्फत अप्रेसन गरेर बच्चाको अण्ठकोषको थैलीमा सफलता राखि सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक प्रा.डा. रामनन्नद प्रसाद चौधरीले बताउनुभयो ।

यसअघि पेटमा रहेको अण्डकोषलाई शल्यक्रिया गर्दा पेट चिरेर गरिन्थ्यो भने अब ईशान बालबालिका तथा महिला अस्पतालले ल्याप्रोस्कोपिक सर्जरी अर्थात पेटमा सानो प्वाल बनाएर सेवा सुरु गरेको हो । फागुन २८ गते शल्यक्रिया गरिएकोमा २९ गते नै बालकलाई डिस्चार्ज गरिसकिएको पनि अस्पतालले जनाएको छ । उक्त उपचारका लागि अप्रेशनमा डा. रामनन्दन प्रसाद चौधरी, डा. निरपेश राजभण्डारी, डा. सन्जय कुमार साह र एनेस्थेसिया चिकित्सक डा. छन्द बहादुर बुढाथोकीको टोलि संलग्न थियो।