जनता टाइम्स

५ चैत्र २०७७, बिहीबार १३:०९

पुनःस्थापित एमालेको पहिलो संसदीय दलको बैठक (तस्विरसहित)


काठमाडौं, चैत्र ५

नेकपा एमाले पुनःस्थापित भएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको हो ।