काठमाडौं, चैत ७ । आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा केही समय बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी गराएको छ ।बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जानेछ । आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ। यस्तै, बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगङ्गा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न बिजुली काट्न लागेको सूचना उल्लेख छ । प्राधिकरणका अनुसार आज देशका अरु विभिन्न ठाउँमा पनि लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ ।
आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने













प्रतिक्रिया दिनुहोस्