काठमाडौं, चैत ८
निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा नजिकै आउँदै गर्दा यस सम्बन्धी गीत सार्वजनिक गर्नुभएको छ । ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर रहेको छ भने निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ ।
सार्वजनिक गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय छ । दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ ।
प्रतिक्रिया दिनुहोस्