जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १९:४६

श्रममन्त्री गोकर्ण बिष्ट र सांसद महेश बस्नेत नै बेल्चा लिएर सडक खन्न थालेपछि…


भक्तपुर, जेठ २४

शुक्रवार अपरान्हको सयम । पहेलो रंगको पहिरनमा युवाहरु सडक खन्न जम्मा भए । महिला–पुरुषको संख्या बरावरी जस्तै देखियो हुलमा । त्यही हुलबीच बेल्चा लिएर सडक खन्न निस्किए श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र पूर्वमन्त्री तथा सांसद महेश बस्नेत ।

जव दुवै नेता बेल्चा लिएर सडक खन्न थाले, भक्तपुरको सूर्यबिनायक नगरपालिकाको सुवर्ण चोक–तीनधारा जाने सडकमा एक प्रकारको उत्साह छायो । स्थानीयबासी नेता होस त यस्तो भन्दै बिष्ट र बस्नेततिर हेर्न थाले । दुवै नेतालाई साथ दिइरहेका थिए, सूर्यबिनायकका मेयर बासुदेव थापा, मध्यपुर थिमीका मेयर राजेन्द्रमान श्रेष्ठ र चाँगुनारायणका मेयर सोम मिश्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम उदघाटन गरी युवाहरुलाई बेल्चा थमाएपछिको दृष्य हो यो । यो काम थालनी भएसँगै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भक्तपुरका चार नगरपालिकाका करिव ७५० बेरोजगार युवाले रोजगारी पाएका छन् । भक्तपुरमा करीब एक हजार ५ सय युवाले बेरोजगारको सूचीमा नाम दर्ता गराएका थिए ।

प्रधानमन्त्री केपी कार्यक्रमको उदघाटन लगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बिष्ट, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त युवाले आजै सडक खनेर कामको शुरुआत गर्नुभएको हो ।