जनता टाइम्स

११ चैत्र २०७७, बुधबार १७:२७

देशभर थपिए १४५ संक्रमित, ९० जना डिस्चार्ज


काठमाडौं, चैत ११

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ४० जना आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

९० जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना मुक्तहुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा एक संक्रमितको मत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ।