जनता टाइम्स

१२ चैत्र २०७७, बिहीबार ०९:०१

आज ललितपुरका विभिन्न ठाउँमा बत्ती जाने


काठमाडौं, चैत १२ ।  आज ललितपुरका विभिन्न ठाउँमा पाँच घण्टासम्म बिजुली जाने भएको छ । ललितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटोलगायतका क्षेत्रमा आज बत्ती जाने भएको हो ।पुलचोक वितरण केन्द्रको सैबु फिडरमा पर्ने मेडिसिटी चोकदेखि फूलबारी चोकसम्मको क्षेत्रमा सडक मर्मत र अरु काम गर्नुपर्ने भएकाले बिजुलीको लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार सैबु फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बत्ती जानेछ।