काठमाडौं, चैत १३
सरकारले हात्तीपाईले रोग बिरुद्धको औषधि चैत्र २० गते दखि सेवन कार्यक्रम संचालन गर्ने भएको छ । नेपालका १२ जिल्लाहरुमा कार्यक्रम संचालन हुने भएको आज स्वास्थ्य सेवा विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपालमा सन् २००३ देखि हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाईने अभियान संचालन भइरहेको छ ।
यसअघि देशका सम्पूर्ण जिल्लामा उक्त अभियान सुचारु भएपनि अहिले ६५ जिल्लामा हात्तीपाइले रोग मुक्त जिल्ला बनिसकेको तथ्यांक अनुसार बाँकी रहेको १२ जिल्लामा औषधि खुवाउने अभियान गरेको ईपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश प्रसाद शाहले बताउनुभयो । उहाँले भन्नुभयो,‘यस अभियानमा १२ जिल्लाहरुका ६० लाख ४५ हजार जनसंख्यालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।’
यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, र कैलाली जिल्लाहरुमा औषधि खुवाईने भएको हो । यस अभियानमा ५४०० सय स्वास्थ्यकर्मी र ९५०० महिलास्वास्थ्य स्वयमसेविका परिचालित गरिने डा. शाहाले सुनाउनुभयो । उहाँले थप्नुभयो,‘यसका लागि केन्द्र सरकारले १८ करोड ६१ लाख ५० हवार बजेट बिनियोजन गरिएको छ तर प्रदेश र स्थानीय सरकारले यस यस कार्यक्रमको लागि छुट्टै बजेटको व्यवस्था गरेको छ ।’
विश्वमा हात्तपिाईले रोगको अवस्था
हाल ८५.६ करोड मानिहरु यसका रोगको जोखिममा रहेका छन् । सन् २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभगं भएमा छन् । विश्व स्वास्थ्य संगठनले सने २०३० सम्म आम औषधि सेवन मार्फत संसारभर बाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । संसारका ७१ जनसंख्या मध्ये २१ संक्रमित देशहरुले आम औषधि कार्यक्रम गरिसकेका छन् ।
नेपालमा हात्तीपाइले रोगको अवस्था
नेपाल अझैपनि ६३ वटा जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेका छन् । जोखिममा रहेको जनसंख्या २।५ रहेको छ । नेपाल प्रायः जसो क्यूलेक्स प्रजातीको लामखुट्टेको टोकाईद्धारा यो रोग सर्ने गर्दछ ।
औषधि सेवन गर्दा के कुरामा दिनुपर्छ ध्यान ?
यो औषधि खाली पेटमा खानु हँदैन । शरीरमा हात्तीपाईले रोगको परजाती भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भन्ने बुझनु पर्दछ । ती लक्षणहरु केहि घण्टा भित्रमा आफैं हराएर जाने हुन्छ ।
केहिगरि ती लक्ष्णहरु लामो समय सम्म रहिरहेमा नजिको स्वास्थ्य संस्थामा आवश्यक सल्लाहा र उपचारका लागि सम्पर्क गनुृ पर्दछ । सरकारले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ ।













प्रतिक्रिया दिनुहोस्