जनता टाइम्स

१४ चैत्र २०७७, शनिबार १९:४२

एमाले बन्न माधव नेपाललाई लाज लागेपछि…


काठमाडौं, चैत्र १४

माधवकुमार नेपाललाई आफु नेकपा (एमाले)को नेताका रुपमा सार्वजनिक कार्यक्रममा प्रस्तुत हुन लाज लागेको छ । सर्वोच्चलले घोक्र्याएर एमालेमा फर्काएकोमा उहाले सार्वजनिक कार्यक्रममै दुःखेसो पोख्नु भएको छ ।

सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलातर्फ संकेत गर्दै नेता नेपालले आफूलाई एमालेमै जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनु भयो । शनिबार राजधानीमा बृहत् नागरिक आन्दोलन नामक व्यक्तिहरुको छलफल कार्यक्रममा उहाले एमालेमै फर्कनु परेको ग्लानी यसरी पोख्नुभयो, ‘‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाईंहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दै छु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’’

पार्टी बैठकमा पटक पटक अनुपस्थित हुनु भएका नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बोलाएको हरेक ठाउँमा सबै कुरा छाडेर पुग्नु भएको छ । तर, उनि पक्ष नेताहरु नै आफुहरु सच्चा एमाले भएको दावी गरिरहनु भएको छ ।