काठमाडौं, चैत्र १४
नेपाल लिग चरणमा एक गोल पनि नगरी त्रिदेशीय फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि दुई अंक जोड्दै फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको छ । पहिलो खेलमा पनि कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि बराबरी खेलेको हो । अब फाइलनमा नेपालले सोमबार साढे पाँच बजे बंगलादेशसँग नै खेल्नेछ । आजको खेलमा नेपालले उत्कृष्ठ प्रर्दशन गरेपनि गोल गर्न भने चुकेको थियो ।
प्रतिक्रिया दिनुहोस्