जनता टाइम्स

१५ चैत्र २०७७, आईतवार १५:३३

को हुन महासंघको इतिहासमै पहिलो पटक अध्यक्षको उम्मेदारी दिने महिला पत्रकार निर्मला शर्मा ?


काठमाडौं, चैत १५

नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । यही चैत २५ गते हुने महासङ्घको निर्वाचतका लागि इतिहासमा हालसम्म महिलाले अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको थिएन । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहनुभएका शर्माले उम्मेद्वारी दिनुभएको हो ।

को हुन् शर्मा ?

२५ वर्षदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार निर्मला शर्मा खोज पत्रकारिता केन्द्र (खोपके) को उपाध्यक्षमा समेत हुनुभएको थियो । त्यस्तै महिलाको साझा संस्था संचारिका समूहको अध्यक्ष समेत भइसक्नुभएको छ । उहाँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने “समकोण” कार्यक्रमको प्रस्तोता तथा निर्माता पनि हुनुहुन्छ ।

चौतारीबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिनुभएको छ ।