जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार ०८:०१

भारतीय सेनाबाट नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन प्रदान


काठमाडौं, चैत्र १६। छिमेकी भारतको सेनाले नेपाली सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आइसकेको छ।

सेनाले कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्लेख गरिएको छ।भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनमा हुने कार्यक्रम रहेको छ। नेपाल र भारतको सेनाबीच विशेष सम्बन्ध छ। दुबै देशका सेना प्रमुखले एक अर्काको देशमा महारथीको मानार्थ दर्ज्यानी चिन्ह लिने गरेका छन्।यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदान दिएको थियो।