जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार ०९:१०

त्रिदेशीय फुटबलको फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने


काठमाडौं, चैत्र १६। त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाँदै हुनुहुन्छ । फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने तयारी भएको हो । प्रधानमन्त्री ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।