जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार २०:५५

एमालेले सोध्यो सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग पुनः स्पष्टिकरण, यस्तो छ कारण


काठमाडौं, चैत १६ । नेकपा एमालेले पूर्वमन्त्रीद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

तीन दिनको समय तोकेर मागिएको स्पष्टीकरण पेश नगरेको कारण एमालेले पाण्डे र भुसाललाई पुनः स्पष्टिकरण सोध्ने भएको हो । दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिनुभएको छैन । एमाले नेता सूर्य थापाका अनुसार यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई आजै ६ महिनाका लागि पार्टीको साधरण सदस्यबाट समेत निलम्बन गरिसकेको छ । स्पष्टिकरण सोधिएका नेताद्वय पाण्डे र भुसालाई आजै पुनः स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।
नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाउनु भउको थियो ।स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै एमालेले नेपाल र रावललाई कार्वाही गरेको हो ।