काठमाडौं, चैत १७
मनोहर वस्ती सामुदायिक सिकाई केन्द्रको १३ औं साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंको सर्वेश्वर आधारभूत बिधालयमा एक कार्यक्रमका साथ साधारणसभा सम्पन्न भएको संस्थाका अध्यक्ष रणदीप बस्नेतले बताउनुभयो । उहाँले कायृक्रममा काठमाडौं महानगरपालिकाको तर्फबाट ३२ नम्बर वडाका जनप्रतिनिधि समेत आउनुभएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार प्रतिक ढकाल, शिक्षा बिभागका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । अध्यक्ष बस्नेतले कार्यक्रममा संस्थाको २०७५/०७७ को आय व्यय प्रतिवेदन साथै आगामी योजना समेत प्रस्तुत गर्नुभएको थियो ।
वडा प्रतिनिधी राजेन्द्र न्यौपानेले संस्थाको आगामी योजना सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहित्यकार ढकालले संस्थाको हित, बिकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुभएको थियो । श्रोत व्यक्ति डा. शर्मिला पोखरेलले पनि यस सिकाई केन्द्रलाई सहजीकरण एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।













प्रतिक्रिया दिनुहोस्