जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार ०७:२७

दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, १८ चैत । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बुधबार दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन्।साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन्।

विभिन्न समितिका सभापतिले वार्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप छ। संसदलाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानी गर्नुभएको थियो ।