काठमाडौँ, चैत्र १८ । काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाउनुभएको छ । भुसालले चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्ने गरेको आरोप लगाउनु भएको हो । उहाले सामाजिक सञ्जाल टुईटरमा लेख्नुभएको छ – घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो । २.०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति हो ।
घनश्याम भुसालको नियत, पार्टी फुटाउने नै हो : सुर्य थापा













प्रतिक्रिया दिनुहोस्