जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १९:०३

मेलम्ची राजधानी भित्रिएको खुशी (फोटोफिचर)


काठमाडौं, चैत्र २०

सरकारको तीन वर्षको प्रयासपछि ऐतिहासिक कथा जस्तै बनेको मेलम्ची खोलाको पानी अन्तत राजधानी झरेको छ । चैत्र १५ गते नै सर्वसाधारणको धारामा पानी आएपनि यसको औपचारिक उद्घाटन भने शुक्रबार गरिएको हो । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुभयो ।