काठमाडौं, चैत २१ । देशका पहाडी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बद्ली रहने भएको छ। स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली हुने भएको हो । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम बद्ली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बद्ली हुने र एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने अनुमान छ । एकरदुई दिन मौसम यस्तै रहने पनि महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने













प्रतिक्रिया दिनुहोस्