काठमाडौँ, चैत्र २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरूले यो सरकारले सिन्को भाँचेको नदेखेको बताउनुभएको छ । उहाँले त्यस्ता मानिसहरूले विषाक्त राजनीति गरिरहेको र, समाजलाई नै विषाक्त र भाँड्ने प्रयास गरिरहेको बताउनुभयो । १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गर्दै शनिबार उहाँले यस्तो बताउनु भएको हो ।
अहिले यो सरकारले नेवार संस्कृति र सभ्यता खत्तम पार्न खोज्यो, यहाँ फासिवाद आइसक्यो, अधिनायकवाद ल्यायो भन्दै समाजलाई भाँड्ने प्रयास केही मान्छेले गरेका छन्,’ उहाँले भन्नुभयो , ‘तिनीहरूले सिन्को भाँचेको देखेका छैनन्।’
उहाँले त्यस्ता केहीको मनोदसा र मनोवृत्ति देखेर आश्चर्य लागेको समेत बताउनुभयो । ‘म त्यो कथा दोहोर्याउन चाहन्न। एउटा जनावर स्वर्ग गएछ। ८४ व्यञ्जन दिएको नखाइकन पल्लो छेऊ पुग्यो। त्यो भन्दा बढी म भन्न चाहन्न। भेटेन खाने कुरा,’ उहाँले भन्नुभयो , ‘अब केहीको मनोदसा र मनोवृत्ति देखेर आश्चर्य लाग्छ।’
ओलीले देश हामी सबैको हो भन्दै कतिखेर को कहाँ छ भन्ने कुरा हैन भन्नुभयो । ‘अहिलेको सरकार देश बनाउने, समृद्ध नेपाल सुखी नेपाली बनाउने जनताको सपना, आकांक्षा पूरा गर्न लागेको छ,’ उहाँले भन्न्ुभयो , ‘राष्ट्रिय आकांक्षाको रुपमा यो कार्यक्रम शिलान्यास गर्यौं। बजेट सुनिश्चित गरेर।’













प्रतिक्रिया दिनुहोस्