जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार १०:१९

भारतलाई खुशि बनाउन प्रचण्डद्वारा सार्वजनिक कार्यक्रममा हिन्दीमा सम्बोधन


काठमाडौं, चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको छ।

कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दाहाले हिन्दी भाषामा सम्बोधन गर्नुभएको हो ।स्थानीयलाई बुझ्न सजिलो होस् र भारतबाट आएको पत्रकारहरूको सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन गर्न लागेको बताउनुभयो। तर कार्यक्रममा सहभागिहरुले भने अध्यक्षको भाषण भारतलाई खुशी पार्न बोलेका आरोप समेत लगाए ।

‘प्रचण्ड तौलिहवामा आएको कुरा लखनउसम्म पुगेछ, त्यहाँबाट केही पत्रकार साथीहरू पनि आउनुभएको होला,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको सजिलोका लागि र स्थानीयले पनि हिन्दी भाषा बोल्ने भएकाले मैले पनि हिन्दीमै आफ्ना धारणा राख्छु। कार्यक्रममा उपस्थित भएका सवै नेपालीभाषा राम्रो संग बोल्ने र जान्नेहरुनै थिए तर किन प्रचण्डको हिन्दीमा सम्वोधन गर्नुभयो कार्यक्रममा सहभागि एक जनाले बताउनुभयो ।