जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १५:४२

चर्चित गीत ‘गलबन्दी’ सम्भु राईको पुरानो गीतसँग हुवहु मिलेपछि हङ्गामा (हेर्नुस् भिडियो)


काठमाडौं, जेठ २५

पछिल्लो पटक नेपाली गीतसंगीतको बजारमा ठुलो लगानी गरेर एक पछी अर्को गीत निकाल्ने होडबाजी चलिरहेको छ । गीतमा लगानी बढ्दै जाने क्रम र प्रतिफल न्यून हुने अबस्थाले गीत संगीत बजारनै थला पर्ने अवस्थामा व्यवसायी सर्जकहरु चिन्तित हुँदै गर्दा गीत चोरी र जुधाईको मुद्दा अगाडी सरेको छ ।

त्यस्तै अहिले निकै चर्चामा रहेको ‘गलबन्दी’ नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र मिडियाकर्मीबीच व्यापक छलफलको बिषय बनेको हो । गायक सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीत बरिष्ठ गायक शम्भु राईको गीतसंग हुवहु भाका मिलेको सुनिन्छ ।

https://youtu.be/64BxvBzjOiQ