जनता टाइम्स

३१ चैत्र २०७७, मंगलवार १७:०८

नेपालमा थपिए ४६० संक्रमित, ५ जनाको मृत्यु


काठमाडौं, चैत ३१

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ । मन्त्रालयका अनुसार आज थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको र भने ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि सोमवार नेपालमा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने १३ जनाको मृत्यु भएको थियो ।