जनता टाइम्स

३१ चैत्र २०७७, मंगलवार २१:२८

सुरक्षाकर्मीबिनै राणा निवासमा पुगे प्रचण्ड-देउवा : भारतीय दुतसहित कम्फर्टेवल सरकार गठनबारे छलफल


काठमाडौं, चैत ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड सुरक्षाकर्मी छाडेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्न राणा निवास पुग्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर भारतका लागि कम्फर्टेवल सरकार बनाउने अभियानमा जुटनुभएका प्रचण्ड १२ अर्व भन्दा बढी अकुत सम्पति कमाउनु भएका बिवादास्पद ब्यापारी अजेयराज सुमार्गीको निवासमा आफ्ना सुरक्षाकर्मी राखेर अर्को बाटोबाट ग्लोवल टेलिभिजनको अपोजिट रहेको प्रमोद राणाको घरमा पुग्नुभएको हो ।

देउवा पनि सुरक्षाकर्मीलाई छलेर राणा निवासमा पुग्नुभएको हो । प्रचण्ड निवासमै खटिएका एक सुरक्षाकर्मीले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रचण्ड सुमार्गी निवासबाट पिएसओ र सुरक्षाकर्मी बिनै महाराजगञ्जस्थित बाहिरी चप्पल कारखाना हुँदै ग्लोवल टीभिको अपोजिट रहेको राणाको घरमा पुग्नुभएको हो ।

सो घरमा प्रचण्ड र देउवा एक जना परिचय नखुलेका ब्यक्तिलाई साथमा राखेर भारतका लागि कम्फर्टेवल सरकार बनाउने बिषयमा छलफल गर्नुभएको हो । ती ब्यक्ति भारतीय खास योजनाकार रहेको स्रोतको भनाई छ ।