काठमाडौं, बैशाख ३ । प्रेस युनियनका नेता भूपेन्द्र आचार्य प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । आचार्य आज प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको हो ।
लामो समयदेखि पत्रकारितामा आवद्ध आचार्यलाई प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले अविर र खादा लगाएर संगठनमा स्वागत गर्नुभयो । प्रेस चौतारी नेपालमा आवद्ध भएपछि आचार्यले प्रेस युनियनका अन्य थुप्रै सदस्यहरु प्रेस चौतारीमा आवद्ध गराउने अठोट गर्नुभयो ।
बैचारिक रुपमा च्यूत भई नेपाल पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गरेपछि प्रेस युनियनसँग असन्तुष्ट बनी प्रेस चौतारी नेपालको गठबन्धनमा आवद्ध भई केन्द्रीय सदस्यको उम्मेद्वार बन्नुभएका आचार्य आज प्रेस चौतारी नेपालमा औपचारिक रुपमा प्रवेश गर्नुभएको हो । प्रेस चौतारी नेपालले पत्रकार आचार्यलाई आजै केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्