जनता टाइम्स

५ बैशाख २०७८, आईतवार २०:०६

माधव नेपाल माओवादीमा बिलय हुन तयार भइसकेको खुलासा, देवेन्द्र पौडेलले सार्वजनिक गरे कार्यकर्तामाझ गोप्य सहमति


काठमाडौं, बैशाख ५ । भारतका लागि कम्फर्टेवल सरकार गठनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध ज्यान फालेर लाग्नुभएका एमालेका निलम्बित नेता माधवकुमार नेपालले माओवादीमा बिलय हुने निर्णय लिइसकेको खुलासा भएको छ । प्रचण्ड निकट नेता देवेन्द्र पौडेलले पर्वतमा आज आयोजित कार्यक्रममा माधव नेपाल माओवादीमा बिलय हुने अन्तिम तयारीमा रहेको खुलासा गर्नुभएको हो ।

एमाले र माओवादीबीच एकता भइ गठन भएको नेकपा कायम रहँदा भारतको इसारामा प्रचण्डसँग मिलेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्धको मिसन चलाउनु भएका नेता नेपाल एमाले ब्यूतिएपछि सांसद पद जोगाउन फिर्ता भएको नाटक गरी समानान्तर कमिटी गठनमा लाग्नुभएको छ । एमालेभित्र राम्रो भविश्य रहेका युवा नेताहरुलाई आफ्नो पछि लगाएर माओवादीमा बिलय गराई आगामी निर्वाचनमा समानुपातिकतर्फ पहिलो नम्बरमा बसेर सांसद बन्ने सपना प्रचण्डले पूरा गर्ने बताएपछि नेता नेपाल माओवादीमा बिलय हुन तयार हुनुभएको तथ्य पनि पौडेलको भनाईले खोलेको छ ।

प्रचण्ड निकट नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने भन्दै यस्तो खुलासा गरिदिनु भएको हो । पौडेलले माधव पक्षसँग निकट भविष्यमै पार्टी एकता (माओवादीमा बिलय) गर्ने गरी वार्ता अघि बढेको खुलासा गर्नुभयो । केही दिनअघि कोटेश्वरस्थित ब्यापारीको घरमा प्रचण्ड र माधवबीचको भेटमा यस्तो सहमति भएको हो ।

‘हाम्रो पार्टी र एमालेको माधव पक्षसँग निकट भविष्यमै पार्टी एकता (बिलय) गर्ने गरी वार्ता अघि बढेको छ,’ पौडेलको भनाई थियो । आजै काभ्रेमा आयोजित कार्यक्रममा नेता नेपालले प्रचण्डको सेवा गर्नकै लागिअ ाफ्नो समुह ब्यूँतिएको स्वीकारोक्ति गर्नुभएको थियो । पौडेलको यो खुलासासँगै माओवादीमा बिलय हुने निर्णय गरेरै नेता नेपालले कर्णालीमा माओवादी सरकार जोगाइ दिनुभएको तथ्य पुष्टि भएको छ ।