जनता टाइम्स

६ बैशाख २०७८, सोमबार ०८:२६

प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषदको आकस्मिक बैठकको आह्वान


काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाउनुभएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्री परिषद बैठक बोलाएको थापाले बताउनुभयो । मुलुकको राजनीति तरंगित भइरहेका बेला आजको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।