काठमाडौं, बैशाख ६ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीकेपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज ११ बजे बैठक बस्न लागेको हो ।
एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन सूचना पठाइएको छ । बैठकमा एमालेबिरुद्ध नै अभियान चलाइरहनु भएका निलम्बित नेता माधवकुमार नेपाल पक्षधर भने सहभागी नहुने भएको छ ।
महासचिव इश्वर पोखरेलले दिनुभएको जानकारीअनुसार बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र कार्यबिभाजन गर्नेछ । बैठकमा राजनीतिक प्रतिवेदन, नेताहरुको कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने महासचिव पोखरेलले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्