जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार ०८:२९

चलचित्र कलाकार सङ्घमा खड्का, सरिता लामिछाने पराजीत


काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा २१८ मत प्राप्त गरी खडका विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सङ्घको १७औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।