जनता टाइम्स

७ बैशाख २०७८, मंगलवार १८:०९

आज मात्रै कोरोना संक्रमणबाट ११ को मृत्यु, थपिए १७३६ संक्रमित


काठमाडौं, बैशाख ७

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भचने १,७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ८,७३७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या २५१ रहेको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ सय पुगेको छ जसमध्ये २ लाख ७५ हजार ८०६ जना निको भएका छन् भने ३१ सय २ जनाको मृत्यु भएको छ । अहिले ८६ सय ५९ जना संक्रमित आइसोलेसनमा छन् ।