जनता टाइम्स

७ बैशाख २०७८, मंगलवार १८:१७

कोरोना बढेपछि काठमाडौं जिल्ला प्रशासन काठमाडौंले गर्यो कठोर निर्णय


काठमाडौं, बैशाख ७

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे निर्देशन जारी गरेको छ । जिल्ला प्रशासनद्धारा आज जारी निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द, सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मानिसहरु भिडभाड हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ ।

सार्वजनिक सवारी साधनहरुले पनि स्वाथ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै सवारी चलाउन निर्देशन दिइएको छ । त्यस्तै २५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने र गराउने निर्देशनमा उल्लेख गरिएको छ ।