जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १७:१६

एकैदिन २,३५१ संक्रमित थपिए, उपत्यकामा मात्रै १,०५१ संक्रमित थपिए


काठमाडौं, बैशाख ८ । नेपालमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर गरिएको पिसिआर परीक्षणको नतिजामा २,३५१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १,०५१ जना संक्रमित थपिएका छन । स्वास्थ्य प्रवक्ता डा. जोगेश्वर गौतमले ८,८४४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएको जानकारी दिनुभयो ।