काठमाडौं, बैशाख ९ । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । २०७२ बैशाख १२ को महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न लागिएको हो ।
जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल पार्टीका महासचिव बन्नुभएको थियो ।
स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्