जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार ०७:२७

एमाले केन्द्रीय कमिटीको बैठक आज ११ बजे



काठमाडौं, बैशाख १० । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बालुवाटारमा बस्दैछ । विहान ११ बजे आयोजना गरिएको बैठकले माधव नेपाल समुहका ३२ जना साँसदलाई स्पष्टिकरणलाई विष्लेष्ण गर्ने र निर्णय लिने जनाइएको छ । ‘तपाईंलाई साँसद पदबाट किन नहटाउने भनेर सोधिएको स्पष्टिरकणको जवाफ आइसकेकोले त्यसलाई पार्टीले अब के निर्णय गर्ने भनेर आजको बैठकले निधो गर्नेछ’ पार्टीका एक पदाधिकारीले भन्नुभयो ‘सामुहिक कारबाही गर्दा पनि डिजास्टरै होला भन्ने डर छ ,नगर्दा पनि पार्टीमा अराजकता मौलाउला भन्ने डर छ ।’ चितबुझ्दो स्पष्टिकरण नभएमा पार्टीका जिम्मेवारी र साँसद पदबाट हटाउने तयारी रहेको एक नेताले जानकारी दिनुभयो ।