जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १३:३४

ठमेल पर्यटन बिकाश परिषदमा राणा निर्वाचित : प्रधान समुह दुई पदाधिकारीबाहेक ‘स्वीपआउट’


काठमाडौं, जेठ २६
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा अध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित राणाले ३ सय ३३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी प्रधानले २ सष् १३ मत र समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित हुनुभएको छ । उहाँहरु तीनै जना राणा समूहबाट उम्मेदवार बन्नुभएको थियो ।

महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै सचिव र कोषाध्यक्षमा बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु विजयी हुनुभएको छ । सचिव तिमस्लिना र कोषाध्यक्ष लगेजु प्रधान समुहबाट उम्मेदवार बन्नुभएको थियो ।

यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रमुख भूमिका रहने अठोट पनि जनाउनु भएको छ । निर्वाचित भएलगत्तै उहाँले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने प्रतिवद्धता जनाउनु भएको छ ।