जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १४:११

माओवादी सरकार जोगाउने कर्णालीका चार सांसदको पद रिक्त गराउने एमाले निर्णय


काठमाडौं, बैशाख १० । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने प्रकाश ज्वालासहित चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले माओवादीबाट मुख्यमन्त्री बन्नुभएका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र संसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो । एमाले केन्द्रीय कमिटीले निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत गरेको छ ।