जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १६:४५

यस्तो छ एमाले नेताहरूको कार्यविभाजन (सूचीसहित)


काठमाडौं, बैशाख १० । सत्तारुढ नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिएन । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहमा रहेका नेताहरु पार्टीको मूलधारमा फर्किएपछि उपर्युक्त जिम्मेवारी दिइने जानकारी दिनुभएको छ । बैठकले नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा जिम्मेवारी हेरफेर गरेको हो ।

नयाँ जिम्मेवारीअनुसार अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन । यसैगरी विष्णु पौडेल संगठन विभाग प्रमुख र रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ ।

स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उहाँलाई जिम्मेवारी नदिइएको हो । बैठकले शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिव, केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजाललाई पार्टी स्कूल बिभाग सचिव र सूर्य थापालाई प्रेस चौतारीको इञ्चार्ज तोकेको छ ।

एमाले नेताहरुको जिम्मेवारी यसप्रकार छः