जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १७:२१

स्थायी कमिटी गठनमा चुक्यो एमाले, यति गम्भीर बिषयमा पुगेन ध्यान


काठमाडौं, बैशाख १० । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी गठन गर्दा महिला प्रतिनिधित्वबिहीन बनेपछि चर्काे आलोचना भएको छ । आज सम्पन्न बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गर्दा एक जना पनि महिला समावेश नभएपछि आलोचना भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो महिना मात्रै अव हरेक कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको थियो । तर आज एमालेले गठन गरेको स्थायी कमिटीमा एक जना पनि महिलाको नाम छैन । एमालेप्रेमीहरुले यसलाई तत्कालै सच्याउन नेतृत्वलाई दवाव दिएका छन । सामाजिक सञ्जालमा पनि यस बिषयमा चर्काे आलोचना भएको छ ।