त्यसबेला ममा एक प्रकारको शक्ति आयो, किचिएर मर्नु भन्दा गोली खाएर बलिदान दिन्छु, गोली लागेन भने यी बालकहरुको ज्यान बचाउँछु । निकै बल गरेर म किचिएको ठाउँबाट निक्लिए र एक जना भाईलार्य तानेर निकालें । तानेर निकालिसकेपछि अलिक वर आँखा अस्पतालको छेउमा आइसकेको थिए, एक जना मानवअधिकारवादीले बहिनी सक्नु हुन्छ भने त्यो अर्काे बच्चालाई पनि जोगाइ दिनोस न, ऊ किचिएर मर्न लाग्यो भने । यसो हेर्दा उस्को अवस्था दयनीय लाग्यो
लक्ष्मी गिरी
आज बैशाख ११ । निरंकुश राजतन्त्रबिरुद्धको आन्दोलनमा जनताले जितेको दिन । यही दिनको परिणाम आज हामी संघीय लोकतान्त्रिक गणतान्तिक ब्यवस्थामा छौं । यही दिनको परिणाम आज मुलुकमा जनताको छोरी राष्ट्रपति र जनताका छोरा प्रधानमन्त्री हुनुहुन्छ । जनताले जितेको यही दिनको कारण आज हामी सवैले निर्धक्क बोल्न पाइएको छ । राजतन्त्रबिरुद्ध संघर्षका ती दिन संझदा पनि आङ सिरिङ्ग हुन्छ अहिले । २०६३ साल बैशाख ११ गते यमराज मेरो छेवैमा उभिएर तानिरहेको थियो । त्रिपुरेश्वरमा त्यस दिन मेरो जीवनकै निकै पिडादायी अनि यमराजसँगको पौठेजोरी खेल्ने दिन बन्यो ।
तस्विरमा देखिएको दृष्यले नै बताउँछ, त्यस दिनको दर्दनाक पीडा । हामी आन्दोलनमा सहभागी हुँदै त्रिपुरेश्वर पुगेका थियौं, एकाएक गोली चल्यो । अश्रू ग्याँस हानियो । हामी तितरबितर भइ त्रिपुरेश्वरको आँखा अस्पतालतिर भाग्यौं । भागदौडमा लडेर किचिएको थिएँ म । किचिरहेको बेला मेरो आँखा दुई बालकतिर पुग्यो, जो किचिइरहेका थिए । त्यसबेला ममा एक प्रकारको शक्ति आयो, किचिएर मर्नु भन्दा गोली खाएर बलिदान दिन्छु, गोली लागेन भने यी बालकहरुको ज्यान बचाउँछु । निकै बल गरेर म किचिएको ठाउँबाट निक्लिए र एक जना भाईलार्य तानेर निकालें । तानेर निकालिसकेपछि अलिक वर आँखा अस्पतालको छेउमा आइसकेको थिए, एक जना मानवअधिकारवादीले बहिनी सक्नु हुन्छ भने त्यो अर्काे बच्चालाई पनि जोगाइ दिनोस न, ऊ किचिएर मर्न लाग्यो भने । यसो हेर्दा उस्को अवस्था दयनीय लाग्यो ।
तस्विरमा देखिएको दृष्यले नै बताउँछ, त्यस दिनको दर्दनाक पीडा । हामी आन्दोलनमा सहभागी हुँदै त्रिपुरेश्वर पुगेका थियौं, एकाएक गोली चल्यो । अश्रू ग्याँस हानियो । हामी तितरबितर भइ त्रिपुरेश्वरको आँखा अस्पतालतिर भाग्यौं । भागदौडमा लडेर किचिएको थिएँ म । किचिरहेको बेला मेरो आँखा दुई बालकतिर पुग्यो, जो किचिइरहेका थिए । त्यसबेला ममा एक प्रकारको शक्ति आयो, किचिएर मर्नु भन्दा गोली खाएर बलिदान दिन्छु, गोली लागेन भने यी बालकहरुको ज्यान बचाउँछु

प्रहरीले गोली र अश्रू ग्याँस हानिरहेको थियो तर त्यस्कोपर्वाह नगरी त्यो बालक भएतिर गए । आफू बाँचियो भने पनि जीवनभर यो बच्चा बचाउन सकिने भन्ने पीडा हुन्छ भन्ने ठानेर उस्को छेवैमा गएर उद्धार गरें । तान्दै लिएर आएँ, उस्को टाउको किचिएको थियो, अश्रू ग्याँस पनि प्रहार भइरहेको थियो । ऊ बेहोस थियो, केही सुरक्षाकर्मीले मानवीय भाव देखाए, अश्रू ग्याँसले बेहोस भएको भन्दै पानी हालेर उसलाई जगाउने काम गरे । उनीहरुले तपाई नआत्तिनोस भनेर मलाई पनि हौसला दिए ।
म निकै आक्रोशित थिए, म डराएको छैन, मलाई गोली हाने पनि यो बच्चालाई बचाउ भन्दै प्रहरीसँग प्रतिवाद गरे । त्यसबेलाको भिडियो नै सार्वजनिक भइसकेको छ । त्यो दिन मैले दुई जना बच्चालाई जोगाएको थिए । हामीले नै हस्पिटल पुर्याएका थियौं । ती बच्चाहरु अहिले कहाँ होलान भन्ने कल्पना गरिरहन्छु । बैशाख ११ को दिन मेरो दिल र दिमागमा सधैं यही कुरा घुमिरहन्छ ।
प्रतिक्रिया दिनुहोस्