जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १३:१७

धरहरासँगै ढलेकी रमिलालाई प्रधानमन्त्रीबाट सम्मान, पुनर्निर्माणमा योगदान पुर्याएकालाई प्रशंसा



काठमाडौं, बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ ।आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो।२०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु(स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र दिनु भएको छ । यसअघि प्रधानमन्त्री ओलीले २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टि गर्दै धरहराको उद्घाटन गर्नु भएको थियो ।