जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १४:२३

‘मिस लिटिल च्याम्प’ पिञ्जु बुढा मगरलाई फेसियल हाउसको सम्मान


काठमाडाै‌ं, जेठ २६

फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता ९ वर्षिया पिञ्जु बुढा मगरलाई सम्मान गरेको छ ।

शनिवार सिटीसी मलमा आयोजित सेमिनार कार्यक्रम माझ फेसियल हाउसले पिञ्जुले ताज जितेको खुसियालीमा केक काटेको थियो ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मान स्वरुप कार्यक्रम राखिएको बताउनु भयो ।

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिवार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जित्नुभएको थियो ।

लिटिल मिस च्याम्पको उपाधी सहित उहाँले वेष्ट क्याटवाक अवार्ड पनि जित्नुभएको छ । पिन्जु संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराकी नातिनी हुनुहुन्छ ।