काठमाडौंं, बैशाख १३
कोरोना संक्रमणका कारण भारतमा धेरै जनाको ज्यान गइरहेको छ । तर आज एउटा तस्विर भाइरल बन्यो त्यो हो, अक्सिजनको कमी भएर अटो रिक्सामा आफ्ना पतिलाई बचाउन सकिनन् रेणु सिंघलले । अटो रिक्सामा मुखबाट पतिलाई श्वाँस दिइरहेको तस्बिर अहिले भाइरल भएको हो ।
यस कोरोना महामारीको कठिन अवस्थाबाट ग्रस्त ठाउँ भारत उत्तर प्रदेशको आगरा सहरमा श्रीमतिले आफ्ना पतिलाई बचाउनको लागि धेरै प्रयास गर्दा पनि प्राण गयो ।

आगरास्थित विकास कलोनी सेक्टर–७ मा बस्ने सिंघलका पति रवि सिंघलको स्वास्थ्यमा समस्या देखिएको र श्वाँस लिन अप्ठ्यारो भएको थियो।
पतिको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रेणु एक्लैले अटोमा राखेर अस्पतालसम्म पुगिन्। तर, उपचारका लागि भर्ना हुनु अगावै रवि छट्पटाउन थालेपछि छटपटाइ रहेका पतिलाई रेणुले आफ्नै मुखबाटै श्वाँस दिइन् । तर लामो समयसम्म ‘माउथ टु माउथ’ अक्सिजन दिने कोसिस गरेपनि अन्त्यमा रविको प्राण गयो।













प्रतिक्रिया दिनुहोस्