दोलखा, बैशाख १३ । नेकपा माओवादी केन्द्रका नेता तथा शहीद कृष्णप्रसाद दाहाल, कृपाश्वरको परिवारले नेकपा एमाले रोजेको छ । माओवादीले शहीद परिवारमाथि अपमान नै अपमान गरेको निश्कर्षसहित माओवादी केन्द्रकी नेतृसमेत रहनुभएकी शहीद कृपाश्वरकी धर्मपत्नी चित्रमाया दाहाल र भाई शम्भु दाहालसहित सवै परिवारले आजबाट माओवादी केन्द्र परित्याग गरी एमाले रोज्नुभएको हो ।
दोलखामा निकै लोकप्रिय नेता रहनुभएका शहीद कृपाश्वरको परिवारलाई एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज खादा लगाएर पार्टीमा स्वगत गर्नुभयो । सो अवसरमा नेतृ दाहालले अबमुल्यन गर्ने माओवादी पार्टीमा कोही पनि रहन नहुने निश्कर्षसहित आफूले एमाले रोजेको बताउनु भयो ।
‘माओवादी केन्द्रमा शहीद र शहीद परिवारको अबमुल्यन र अपमान मात्रै हुँदोरहेछ, त्यसैले यस्तो पाटीमा रहनु हुन्न भन्ने निश्कर्षसहित हामी परिवारका सवै सदस्य एमालेमा लागेका हौं,’ एमाले प्रवेश गरेपछि छोटो प्रतिक्रिया दिँदै नेतृ दाहालले भन्नुभयो । शहीद कृपाश्वरका भाई शम्भुले पनि माओवादीमा शहीदको अपमान हुने गरेको तथ्यका आधारमा आफूहरु सो पार्टी परित्याग गरी एमाले रोजेको बताउनु भयो ।
शहीद परिवारसँगै नेकपा माओवादी जिरी वडा नम्बर ३ को सिंगो कमिटी एमालेमा बिलय भएको छ । मन्त्री गुरुङको सामू माओवादीका नेतहरुले एमालेमा बिलय भएको घोषणा गरेका हुन ।













प्रतिक्रिया दिनुहोस्