काठमाडौं, बैशाख १४
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
रायमाझीलाई हिजै संक्रमण पुष्टि भएको सचिवालयले जनाएको हो । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्