जनता टाइम्स

१४ बैशाख २०७८, मंगलवार १५:३२

पीसीआरको शुल्क बढि लिएमा परीक्षण इजाजत नै रद्ध गर्ने सरकारको चेतावनी


काठमाडौं, बैशाख १३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए इजाजत नै रद्द गर्ने चेतावनी दिएको छ ।

सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन भनेको हो ।

यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ ।