काठमाडौं, बैशाख १४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरुसँग सम्झौता गरेको छ । कोभिडको दोस्रो लहर देशभर फैलिएसँगै देशभर रहेका २१ मेडिकल कलेजहरुसँग बिरामीको उपचारका लागि मन्त्रालयले सम्झौता गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिडका बिरामीको उपचारका लागि मन्त्रालयले मेडिकल कलेजसँग सम्झौता गरिसकेको बताउनुभयो ।
आइतबार बसेको इन्सिडेन्ट कमाण्डको बैठकले सबै मेडिकल कलेज, अस्पतालहरु र २ सयभन्दा बढी शैय्या भएका अस्पतालहरुमा मन्त्रालयले सम्झौता गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय तहका १५ बेडसम्मका अस्पतालहरुसँग स्थानीय तहले सम्झौता गर्ने र प्रदेश सामाजिक विकास मन्त्रालयले २ सय शैय्यासम्मका अस्पतालहरुसँग आवश्यताअनुसार सम्झौता गर्दै जाने निर्णय समेत गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्