कामठाडौं, बैशाख १४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण महामारी तिव्र रुपमा बढेपछि अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ। मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएरहेकाले अस्पतालमा सेवा लिन आउने संक्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि भन्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई तुरुन्त बोलाउन आग्रह गरेको छ ।
त्यस्तै मन्त्रालयले अस्पतालको स्विकृत दरवन्दी रिक्त रहेको भए तुरुन्त व्यवस्थापन गर्न र करारमा ६ महिनाको लागि कर्मचारी भर्ना गर्न समेत निर्देशन दिएको छ । मन्त्रालयले अस्पतालमा बिरामीको चाप र जनशक्ति हेरेर ओपीडी सेवा अहिलेको लागि स्थगन गर्न समेत भनेको छ । आज मात्रै थप ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ भने १८ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।












प्रतिक्रिया दिनुहोस्