जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १०:४१

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि


पोखरा, बैशाख १५ । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको एक स्रोतले जानकारी दिएको छ । । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।