जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १४:४४

प्रचण्ड पत्नी सीताको आइसियुमा उपचार हुँदै


काठमाडौं, बैशाख १५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई हिजो ललितपुरस्थित मेडिसिटी अस्पतालको आईसियुमा भर्ना गरिएको हो ।

शरीरमा सोडियमको मात्रा कम पाइएको र केही सुधार देखिएको जनाइएको छ । उपचारका लागि यसभन्दा अघि अमेरिका, भारतलगायत देशमा लगिएको उहाँमा लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग देखिएको छ ।