जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १५:०३

गुठी बिद्येयकको बिरोध गर्नेमाथि माइतीघर मण्डलामा प्रहरी हस्तक्षेप, बर्सियो पानीको फोहोरा


काठमाडौं, जेठ २६

गुठी विधेयकको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो ।

गुठीको जग्गा ब्यक्तिले हडपेको घटना सार्वजनिक भएसँगै सरकारले जग्गा प्राप्तीलाई कडाई बनाउँदै बिद्येयक बनाएको छ । सरकारले बनाएको गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।